महिलामैत्री भलिबल प्रतियोगितामा युनिभर्स एकेडेमी प्रथम

नेपालगन्ज : महिलामैत्री भलिबल प्रतियोगितामा युनिभर्स एकेडेमी प्रथम भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले नेपालगन्ज रंगशाला परिसरमा आयोजित खेलमा आयोजक राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको टिम दोस्रो र वडा नम्बर ४ का कर्मचारीको समूह तेस्रो भएको छ । प्रतियोगिता नेपाल घरेलु महासंघका खेलाडी विनिता केसी उत्कृष्ट खेलाडी भइन् । प्रतियोगिताको विजेता टिमलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्तासहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाललगायतका महिलाहरूका ९ वटा टिम सहभागिता रहेको संगठनकी अध्यक्ष इन्दिरा शाहीले जानकारी दिइन् ।