मोहना नदीमा बेपत्ता युवकको भारतमा शव फेला

टीकापुर : कैलालीकोे जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदी तर्ने क्रममा बगेर बेपत्ता भएका युवकको शव भारतमा भेटिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमका अनुसार भारतको लखिमपुर खिरी घर भएका १८ वर्षीय सैवाजरिवास खानको शव फेला परेको हो । बगेर बेपत्ता भएका उनको शव सीमावर्ती क्षेत्रमा भारततर्फ नदीमै फेला परेको थियो । उनी भारतबाट नेपाल आउने क्रममा बगेर बेपत्ता भएका थिए । शव मृतकका आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *