जनता र दीपक इंग्लिस स्कुल खजुरा शिल्ड उचाल्न सफल

नेपालगन्ज : खजुरामा संचालित तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जनकल्याण मावि बद्रीपुरमा भएको प्रतियोगिता अन्तगर्त माध्यमिक तहमा जनता नमूना मावि र आधारभूत तहमा दीपक इंग्लिस मिडियम स्कुल रनिङ शिल्ड उचाल्न सफल भएका छन । मावी तर्फ आदर्श मावि दोस्रो र अरुणोदय तेस्रो भएका छन् भने निमावि तर्फ मनकामना आधारभूत दोस्रो र सिटिजन तेस्रो भएका छन् । त्यस्तै आधारभूत १ देखि कक्षा ५ सम्म मर्निङ स्टार एकेडेमी प्रथम, आदर्श दोस्रो र ज्ञानोदय तेस्रो भएका छन् । विजेता खेलाडी तथा विद्यालयलाई खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, वडा नं ४ का वडा अध्यक्ष तिलकवीर सुनार, योजक विद्यालयका प्र अ भीम बहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती सुनार, प्याब्सनका निबर्तमान अध्यक्ष दीपक आचार्य, शिक्षा शाखा कर्मचारीलागायतले पुरस्कर तथा प्रमाणपत्र र शिल्ड बितरण गरे ।

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले शिक्षा, स्वास्थ्यलगायत सबै कुरामा खजुरा अगाडि रहेको भन्दै यही गतिमा अघि बढ्न आग्रह गरे । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाइ नमूना बनाउन शिक्षा, स्वास्थ्य कृषिलागायतमा जोड दिदै रनिङ शिल्ड, शैक्षिक महोत्सव गर्दै आएको र नमुनाका अन्य सुचक पूरा गर्दै आएको बताए । गौरवका योजना रहेको संचालनमा खेल क्षेत्रमा लागानी, प्रतिभा देखाउने थलोको रूपमा रनिङ शिल्ड भएको उल्लेख गरे । व्यवस्थापन जिम्मेवारी पाएको विद्यालय जनकल्याण माबी, व्यवस्थापन समिति अध्यक्ष बसन्ती सुनार गाउँपालिकाले शिक्षा क्षेत्रलाई अगाडि बढाउन उर्जा थपेको बताइन् ।