बर्दियामा बाघको आक्रमणबाट १ महिलाको मृत्यु

गुलरिया : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार बर्दिया राष्ट्रिय निकुन्ज अन्तर्गत सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका ७ मोहनपुरकी ६२ वर्षीय दल्ली रावतको ज्यान गएको हो । घाँस दाउरा काटन गएका चार जना महिलामध्ये रावतलाई बाघले आक्रमण गरेको भन्दै मंगलबार दिउँसो अन्य महिलाहरुले नेपाली सेनाको टोलीलाई खबर गरेका थिए । बाघले आक्रमण गरेको खबर पाएपछि सेनाको टोली र इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले सयुक्त रुपमा खोजतलास गर्दा ४ बजेर ४५ मिनेटमा मृत अवस्थामा रावतको लास फेला परेको जिप्रका प्रवक्ता शाहीले जानकारी दिए । लासलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।