स्टार सिटी कैलाली र धादिङको जित

फोटो : कमल खत्री

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा कैलालीको स्टार सिटी युवा क्लब र बागमति प्रदेशको धादिङ समाज धादिङले शनिबार जित हासिल गरेका छन ।

नेपालगन्ज रंगशालामा भईरहेको खेलमा स्टार सिटीले धम्बोझीलाई ३–१ ले पराजित गरेको हो । त्यसैगरी अर्को खेलमा धादिङले प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले पराजित गरेको छ । जितसँगै लगातार तिन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । स्टारले लगातार तिन खेल जित्दै ९ अंक जोडन सफल भएको छ ।
शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । स्टारका लागि रुप बहादुर लामाले ४१ औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा स्टार सिटीका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए ।
शनिबार भएको दोस्रो खेलमा धादिङको जितमा शिशिर लेखीले २५औं मिनेट, विजय भुजेलले ६८औं र कप्तान रबि भण्डारीले ८७औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका शिशिर लेखी म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुरस्कृत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *