फराकिलो धर्तिले बनायो स्वरोजगार

शक्ति परियार, राजापुर ।
कोरोना संक्रमणको समयमा बन्दा बन्दिले दैनिक गुजारा गर्न समस्या भएका बेरोजगार यूवाहरुले स्वरोजगार बन्ने अवसर पाएपछि हर्षित भएका छन् । बर्दियाको राजापुर नगरपालिका वडा नं २ स्थित सोहरियाका विपन्न वर्गका यूवाहरुलाई फराकिलो धर्ति नेपालले ३ महिने डकर्मी तालिम संचालन गरेपछि यहाँका २० यूवा लाभान्वित भएका छन् ।
‘बन्दाबन्दिको समयमा परिवार पाल्न धौ धौ भएको थियो काम गर्न अन्यत्र जानु पर्ने बाध्यता र त्यसैमा पनि आफुसंग सीप नभएका कारण ज्यालादारीमा काम गर्नुपर्दथ्यो’ तालिमका सहभागी कालुराम थारुले भने ‘डकर्मी तालिम लिएको थोरै समयमै गाउँलेहरुबाट सजिलैसंग काम पाउन थालिएको छ’ उनले बन्दाबन्दिको समयमा कामको शिलशिलामा अन्त जान सक्ने अवस्था नहुँदा निकै समस्या भएपनि अहिले भने रोजगारीका लागि अन्त कतै जानु नपरेको बताए ।
त्यस्तै तालिममा सहभागी अर्का प्रविन चौधरी भन्छन् —“रोजगार नपाएर दिक्क बनेको थिएँ फराकिलो धर्तिले आफ्नै गाउँमा सीपमुलक कार्यक्रम ल्याएपछि अहिले तफराकिलो मन भएको छ”। आफै स्वरोजगार बनेपछि घरमा सबै खुशी छन् काम खोज्दै जानु परेको छैन, बरु काम गर्ने मान्छे खोज्दै घरसम्म आउनेहरु धेरै छन्,समय भने भ्याई नभ्याई छ प्रविनको भनाई छ । राजापुर नगरपालिका २ नं. वडाको आर्थिक सहयोगमा फराकिलो धर्ति नेपालले दोस्रो चरणको डकर्मी तालिम संचालन गरेको थियो । शुक्रबार तालिमको समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले यस्ता कार्यक्रम संचालन गरिएका छन् तालिम पछि सबैले मन लगाएर पेशागत रुपमा काम गर्न सुझाव दिँदै आउँदा दिनहरुमा थप सहयोग गर्ने बताए। फराकिलो धर्ति नेपालले स्वरोजगार कार्यक्रमहरु हरेक वर्ष संचालन गर्दै आएको र थप कार्यक्रमहरु ल्याउने अध्यक्ष रमेश दहितले बताए।
तालिमका सहभागीहरुलाई २ नं। वडा अध्यक्ष धरणीधर चौधरी र सचिव रञ्जु चौधरीले सम्मान गर्दै प्रमाणपत्र प्रदान गरे । आउँदा दिनहरुमा लक्षित कार्यक्रम अन्तर्गत थप कार्यक्रम संचालन गरिने वडा अध्यक्ष चौधरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *