पाटेबाघको छालासहित ४ जना पक्राउ

बाँके प्रहरीले नियन्त्रणले लिएको बाघको छाला । फोटो सौजन्य : जिप्रका बाँके

नेपालगन्ज : बाँके प्रहरीले पाटेबाघको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति बाँकेको बैजनाथ गाउँपालिका १ च्यामाबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का ५० वर्षका गंगाबहादुर खत्री, सोही ठाउँकै २० वर्षका प्रकाश खत्री, दैलेख भगवतीमाइ गाउँपालिका ४ का ३९ वर्षका चन्द्र अधिकारी र जुम्लाको तीला गाउँपालिका ४ का ३८ वर्षका जयलाल नेपालीलाई पक्राउ गरेको हो । उनीहरुबाट पाटेबाघको छाला १ थान र बाघको हड्डी २ किलो ५०० ग्राम फेला पारेको हो । अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *