टीकापुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ९ पुरानो भन्सार नजिक १०५ नं सीमा स्तम्भबाट लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायव निरीक्षक राजेन्द्र कुमालले टीकापुर १ गणेशपुर शिविरका वर्ष १९ का सागर शर्मा र वर्ष १८ का विवेक घर्ती मगरलाई स्पास नामक ट्याबलेट ९८ पिस करिब २ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।