धुर्मुस-सुन्तली आज राजापुर आउँदै

राजापुर : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका क्रममा हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ मंगलबार बर्दियाको राजापुरमा आउने कार्यक्रम तय भएको छ । दिउँसो ३ बजे राजापुरस्थित ग्रीन पाटी प्यालेसमा भेटघाट कार्यक्रम राखिएको स्थानीय सूर्य केसीले जानकारी दिए । उनले कार्यक्रमममा सहभागी भएर पवित्र उद्देश्यका साथ सुरु भएको देशकै गौरवको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा सहयोग गर्न राजापुरवासीलाई अनुरोध गरेका छन् ।
गौतम बुद्ध अन्तराष्ट्रिय त्रिmकेट रंगशाला निमार्णका क्रममा बजेट अभाव भएपछि धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा आर्थिक सहयोग संकलनका लागि उनीहरु मेची-महाकाली अभियानमा निस्किएका छन् । अभियानका क्रममा ठाकुरद्वारा, भुरीगाउँ, गुलरियाका साथै विभिन्न स्थानमा भेटघाट कार्यक्रम राखिएको छ ।
राजापुर क्षेत्रमा उक्त अभियानमा जोडिन चाहनेहरुले कार्यक्रममा सहभागी भएर सहयोग गर्न सकिने आयोजकले जनाएको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला ३ अर्ब लाग्ने अनुमान गरिएको छ । रंगशाला निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन उनीहरु मेची-महाकाली यात्रामा निस्केका हुन् ।