लागूऔषध ब्राउन सुगरसहित कैलालीमा ५ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगर र ट्याबलेट्सहित ५ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर प्रहरी निरीक्षक अरुण बमका अनुसार प्रहरी चौकी कालाकु्ण्डा र प्रहरी चौकी सत्तीबाट खटिएको संयुक्त गस्ती टोलीले टीकापुर नगरपालिका ९ खक्रौलाबाट आइतबार राति ९ बजे टीकापुर १ का वर्ष २५ का सुरेश श्रेष्ठ र वडा नं. ९ का किरण साउँद कृष्णलाई २१२ वटा स्पास नामक लागूऔषध र जोशीपुर गाउँपालिका ७ का वर्ष ३५ का धनीराम डगौरालाई १०३ वटा नाइट्रोभेट नामक ट्याबलेट्सहित पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लम्कीले पनि लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट गौरीगंगा नगरपालिका–८ का २६ वर्षका ईश्वर पौडेल र लम्कीचुहा नगरपालिका–४ कौवापुरका २८ वर्षका दीपक सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुका साथबाट पाँच ग्राम १८० मिलीग्राम ब्राउन सुगर र ६२ हजार ११५ रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए ।