बाँकेमा हात्तीपाइलेबिरुद्धको आमऔषधि सेवन सुरु

नेपालगन्ज उपमहानगरपालिका परिसरमा हात्तीपाइलेबिरुद्ध औषधि सेवन गरिँदै । फोटो : तेज वलीको फेसबुकबाट

नेपालगन्ज : बाँके जिल्लाका ८ वटै स्थानीय तहमा हात्तीपाइले रोगबिरुद्धको आमऔषधी सेवन सुरु भएको छ ।
बाँके जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाईले रोगबिरुद्धको औषधी खुवाउने लक्ष्य छ । गर्भवती, सुत्केरी र सिकिस्त बिरामी बाहेक २ वर्षमाथिका सबैले औषधि सेवन गर्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । शत्प्रतिशत औषधी सेवन गराउने पालिकालाई जिल्ला समन्वय समितिले २५ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *