बाँकेको कोहलपुरमा सवारी दुर्घटना : ५ को मृत्यु ३ं७ घाईते

तस्बिर : कोहलपुर ग्यालेरीवाट

नेपालगन्ज : बाँकेको कोहलपुरमा शुक्रबार बेलुकी भएको सवारी दुर्घटनामा परी ५ जनाको मत्यु भएको छ । कोहलपुर नगरपालिका १२ आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सुर्खेतबाट काँकडभित्ता जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट टिप्पर ठोक्किदा भएको दुर्घटना परी कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिप्परका सह चालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला रहेका छन् । घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले जानकारी दिए ।