भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज : भारतका विभिन्न राज्यबाट नेपाल फर्केका २४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगन्जको सीमा नाका जमुनाहाको हेल्थ डेस्कमा एन्टिजेन परीक्षणमा शनिबार ९ जनासहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेल्थ डेस्कका ल्याब टेक्नेसियन चिरञ्जिवी ज्ञवालीलृ जानकारी दिए । शनिबार भारतबाट फर्कंदै गरेका १७ जनामा परीक्षण गर्दा ७ जना गुजरातबाट फर्केका र २ जना दिल्लीबाट फर्केका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।