कोरोनाबाट २४ घण्टामा ३ मृत्यु, थपिए ७५ संक्रमित

नेपालगन्ज : बाँके जिल्लाका अस्पतालमा २४ घण्टाभित्र ३ जना कोरोना संक्रमितको निधन भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शनिबार राति बाँके, दैलेख र बर्दियाका एक एक गरी ३ जनाको कोरोनाबाट निधन भएको हो । वली भन्छन्, ‘२ घण्टाको अन्तरमा तिनै जनाको ३ जनाको भेरी अस्पतालमा कोरोनाबाट दुःखद निधन भएको हो ।’ योसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या ६० पुगेको छ भने बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९६ जनाको मृत्यु कोरोनाबाट भइसकेको छ । भेरी अस्पताल नेपालगन्जमा विगत २४ घन्टामा ८१ वटा नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार मध्यान्न सार्वजनिक तथ्याङ्कमा संक्रमणदर ९२.५९ प्रतिशत हो ।