टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टीकापुर नगरपालिका–१ का ६० वर्षीय राजु चन्दको मृत्यु भएको हो । सत्तीबाट टीकापुर आउने क्रममा टीकापुर–५ मौरानियामा आइतबार राति ८ बजे चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । मोटरसाइकलमा सँगै सवार ४५ वर्षीय अनिल जोशी घाइते भएका छन् । दुर्घटनामा घाइते दुबैलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा चन्दको बाटोमै मृत्यु भएको थियो भने टाउकोमा चोट लागेका जोशीको नेपालगन्जको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।