नेपालगन्जमा ७३५ सक्रिय संक्रमित भएपछि ७ दिन निधेषाज्ञा जारी

नेपालगन्जमा निषेधाज्ञा सम्बन्धी जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना

नेपालगन्ज : बाँकेको नेपालगन्जमा ७ दिन निषेधाज्ञा जारी गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र ७ सय ३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण फैलावटको साङ्लो तोड्न र कोभिड १९ को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको बताए । उनले भने, ‘उनले अत्यावश्यक सेवा बाहेकका व्यक्तिलाई हिडडुल र सवारीसाधन प्रयोगमा कडाइ गरिनेछ ।’