जीवन बिमाको सवा २ लाख रुपैयाँ स्व. साउँदकी पत्नीलाई घरमै पुगेर हस्तान्तरण

लम्की (कैलाली) : कैलालीको बर्दगोरीया गाउँपलिका-१ निवासी अम्मबरबहादुर साउँद निधनपछि उनकी पत्नी बिष्णादेवी साउँदलाई जीवन बिमा बापतको सवा २ लाख रुपैयाँ घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

एलआइसी नेपाल लिमिटेड लम्की शाखा प्रमुख तिलकप्रसाद जोशी, वरिष्ठ एजेन्सी म्यानेजर डिल्लीप्रसाद गड्तोला, अभिकर्ताद्वय पर्शुराम चौधरी र पदम बहादुर महराले मृत्यु दावी भुक्तानी स्व.साउँदकी पत्नी विष्णादेवीलाई २ लाख २६ हजार ४ सय रुपैयाँको चेक चेक हस्तान्तरण गरेका थिए । साउदको डेढ वर्षअघि २ लाख रुपैयाँको बिमा गरेका थिए । ८ वैशाखमा साउँदको क्यान्सर रोगको उपचारको क्रममा मृत्यु भएको थियो ।