भारतबाट आउनेलाई जमुनाहामा फेरि होल्डिङ सेन्टर सञ्चालन हुँदै

File Photo

नेपालगन्ज : भारतबाट आएका व्यक्तिहरुलाई सीमा नाकाबाटै घरसम्म पठाउन आइतबारदेखि होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने भएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जमुनाहा सीमा नाका नजिकै भन्सार कार्यालयको छेवैमा रहेको खाली ठाउँमा होल्डिङ सेन्टर सञ्चालन हुनेछ । एसपी रानाले भने, ‘विगतमा जस्तै भारतबाट आएका व्यक्तिहरुलाई सम्बन्धित जिल्लामा पठाउनका लागि होल्डिङ सेन्टर सञ्चालन हुनेछ ।’ भारतबाट आउने व्यक्तिहरुको हेल्थ डेस्कमा कोरोना परीक्षण गरेर घर पठाउन बसहरु सीमामै पुग्नेछन् । गत वर्ष कोरोना संक्रमण बढ्दो क्रममा रहेको बेला होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *