कोरोना संक्रमित नेपाली कांग्रेसकी नेतृ सिद्धिकीको निधन

नेपालगन्ज : नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
श्वासप्रश्वास सम्बन्धी समस्याले सिकिस्त भएर दुई सातासम्म भेरी अस्पतालमा उपचार गराइरहेकी उनको शनिबार बेलुका ७ बजेतिर निधन भएको भेरी अस्पतालले जनाएको छ । सिद्धिकी नेपाली कांग्रेस महासमिति सदस्य, नेपाली कांग्रेस बाँके जिल्ला सदस्य हुन् । उनको दुःखद निधन भएको खबरले कांग्रेस बाँके मर्माहत भयको छ’ पार्टी सभापति किरण कोइरालाले भनिन ‘उहाँले पार्टी र लोकतन्त्रका लागि गरेको योगदान पार्टी र लोकतन्त्र प्रेमीको स्मरणमा सधै रहिरहनेछ ।’ आफ्ना भावना र महिला अधिकारका लागि जस्तोसुकै परिस्थितिमा पनि प्रस्तुत गर्नसक्ने नेतृ गुमाउँदा नेपाली कांग्रेसलाई अपूरणिय क्षति भएको भन्दै सभापति कोइरालाले मृत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी हार्दिक समवेदना व्यक्त गरेकी छन् ।