सोमबार रातिदेखि बाँके जिल्लाभरी निषेधाज्ञा

नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो लहर भयावह रुपमा फैलिन थालेपछि सोमबारदेखि बाँके जिल्लाभरी निषेधाज्ञा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरी नयाँ भेरीयन्टसहितको कोरोना जिल्लाभरी तीब्र रुपमा फैलिएकोले त्यसको नियन्त्रणका लागि सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म बाँके जिल्लाभरी निषेधाज्ञा जारी गरेको जनाएको छ ।यसअघि नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै गत बुधबार राति १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको थियोे । संक्रमण बढ्दै जाँदा कोहलपुर नगरपालिकाले समेत नगरक्षेत्रभित्र निषेधाज्ञा जारी गर्न माग गरेकोमा जिल्ला नै जोखिममा रहेकोले बाँके जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।