बाँकेमा आइतबार कोहलपुर र बर्दियाका गरी तीन संक्रमितको मृत्यु

नेपालगन्ज : बाँकेमा आइतबार थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार भेरी अस्पतालमा दुई जनाको र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । कोहलपुर नगरपालिका–१३ बाँकेका ५७ वर्षिय पुरुषको कोहलपुर मेडिकल कलेजमा आइतवार बिहान १ बजेर ४० मिनेटमा मृत्यु भएको हो भने कोहलपुर२ का ४१ वर्षिय पुरुषको आइतबार बिहान ९ बजेर १५ मिनेटमा भेरी अस्पताल आउँदा आउँदै आइसोलेसन वार्डमा मृत्यु भएको हो । त्यस्तै बर्दियाको गुलरिया नगरपालिका– १२ का ५६ वर्षिय पुरुषको पौने १२ बजे भेरीमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाका कारण ८५ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका १ सय ३ जनाको बाँकेका अस्पतालमा मृत्यु भएको हो ।