नेपालगन्जमा कडा सुरक्षा व्यवस्था (भिडियो)

नेपालगन्ज : बढ्दो कोरोना संक्रमणका कारण लगाइएको निषेधाज्ञामा मंगलबार नेपालगन्जमा प्रहरीले कडा चेकजाँच गरेको छ ।
नगरका धम्बोझी चोकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीले कडा चेकजाँच गरिरहेका छन् । अनावश्यक रुपमा बजार डुल्नेलाई सुरक्षाकर्मीले घर फर्काएका छन् । त्यसैगरी त्रिभुवन चोकमा पनि सशस्त्र प्रहरीको टोलीको नेतृत्वमा प्रहरीले कडा चेकजाँच गरेको छ । नगरका सबै चोकमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । नेपालगन्जमा ९ वैशाखदेखि निषेधाज्ञा जारी छ भने सोमबार राति १२ बजेदेखि ७ दिनका लागि बाँके जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ ।