बाँकेका अस्पतालमा कोरोनाबाट २ दिनमा ९ मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणका कारण सोमबार र मंगलबार बाँकेका अस्पतालमा ९ जनाको ज्यान गएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंगलबार मृत्यु हुनेमा नेपालगन्जका २, कोहलपुरका र दाङको तुलसीपुर उपमहानगरपालिका एक एक जना छन् । सोमबार बाँकेका ४ र बर्दियाका १ जनासहित ५ जनाको मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ र बाहिरी जिल्लाको १०६ जनाको मृत्यु भइसकेको छ ।