भेरीमा थपिए २ सय ३३ संक्रमित

नेपालगन्ज : बुधबार भेरी अस्पताल नेपालगन्जमा २ सय ३३ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
गत ३६ घण्टामा २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो परीक्षण गरेका नमूनाको करिव ८१ प्रतिशत भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका अनुसार संक्रमण देखिएका मध्ये ७५ प्रतिशत २० देखि ५० बर्ष उमेर समूहका छन् । जसमा बाँकेका २ सय ८, बर्दियाका १३, कैलालीका २, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेका छन् । बुधबार संक्रमण पुष्टि भएका मध्ये नेपालगन्ज उपमहानगरपालिकाका मात्र १ सय ८२ जना रहेको अस्पतालले जनाएको छ ।