कोरोनाबाट नेपालगन्जका थप २ जनाको मृत्यु

नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका २ जनाको कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका १७ की ३९ वर्षीया महिला र नेपालगन्ज १२ का ६५ वर्षका पुरुषको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *