राजापुरमा गहुँ भण्डारणमा समस्या, लक्ष्यभन्दा कम गहुँ खरिद

शक्ति परियार । राजापुर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरलाई गहुँ भण्डारणका लागि समस्या भएको छ ।
कम्पनीका वरिष्ठ सहायक सागर मेहताका अनुसार राजापुर क्षेत्रमा १० हजार क्वीन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ४ हजार ६ सय ३९ क्वीन्टल ७८ किलोग्राम मात्र खरिद गरिएको छ । बढ्दो कोरोना संक्रमणका कारण किसानहरुले गहुँ बिक्री गर्न नपाएको र कम्पनीमा गहुँ भण्डारणको समेत समस्या भएका कारण लक्ष्य अनुसार गहुँ खरिद हुन नसकेको मेहताले बताए । कम्पनीले अहिले ३१ सय ११ रुपैयाँ प्रति क्वीन्टलका दरले गहुँ खरिद गरिरहेको छ ।