बाँकेका अस्पतालमा कोरोनाबाट थप १२ को मृत्यु

नेपालगन्ज : बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये बिहीबार थप १२ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका ९ जना, कैलालीका २ र बर्दियाका एक जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट बाँकेका एक सय ११० र बाहिरी जिल्लाका पनि एक सय ११ जनाकै मृत्यु भएको छ ।