भेरीमा थपिए २२७ संक्रमित, तीनको मृत्यु

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा शुक्रबार २ सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन भने थप तीनजनाको मृत्यु भएको छ ।

बिहिबार अस्पतालको प्रयोगशालामा २ सय १४ जना थपिएकोमा शुक्रबार १३ जना बढी थपिएका हुन । जसमध्य १ सय २८ जना पुरुष र ९९ जना महिला रहेको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुने मध्य बाँकेका सबैभन्दा बढी छन भने नेपालगंज उपमहानगरपालिकामा मात्रै करीब ५० प्रतिशत नयाँ संक्रमित छन् । संक्रमितको संख्या बढेसंगै भेरी अस्पतालमा मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गएराती थप ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन ।
बिहिबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका ९ जना, कैलालीका २ र बर्दियाका एक जनाको मृत्यु भएको हो ।