जन्मदिनमा प्रहरी र स्थानीयलाई ६ हजार मास्क वितरण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्ती कृतबहादुर ठकुल्लाले आफ्नो जन्मदिनको अवसरमा प्रहरी र स्थानीयलाई ६ हजार मास्क वितरण गरेका छन् ।
ठकुल्लाले प्रहरी चौकी सत्ती, प्रहरी चौकी कालाकुण्डा र टीकापुरको बनगाउँ ,पुदालटोल, पदमपुर, रामजानकी टोलमा करिब ६ हजार मास्क वितरण गरेका हुन् । स्थानीय व्यापारी रहेका उनले बढ्दै गएको कोरोना संक्रमणको जोखिमपूर्ण अवस्थामा स्थानीयलाई सचेतना फैलाउने उद्देश्यले प्रत्येक घरघरमा पुगी मास्क प्रदान गरिएको बताए । उनले भने, ‘कोरानाका बेला अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने प्रहरीहरु नै संक्रमणको उच्च जोखिममा रहने भएकाले प्रहरीलाई पनि मास्क उपलब्ध गराएको हुँ ।’