भेरी र मेडिकल कलेजमा ६ जनाको मृत्यु

नेपालगन्ज: कोरोना संक्रमणका कारण शुक्रबार राती बाँकेमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल नेपालगन्ज र कोहलपुर मेडिकल कलेजमा उपचाररत थप ६ जनाको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना रहेका छन् । यो संगै कोरोना संक्रमणबाट बाँकेका १ सय १८ जनाले ज्यान गुमाएका छन भने बाहिरी जिल्लावाट उपचारका लागि आएका १ सय १७ जनाको बाँकेका बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।