बाँकेमा १११ वर्षिया बृद्धासहित २५० ले जिते कोरोना

नेपालगन्ज : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा कोरोना जित्नेको संख्या पनि बढिरहेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार दुई सय ५० जना कोरोना परास्त गरी डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा एक सय ११ वर्षिया बृद्धासहित एक सय ४४ पुरुष र एक सय ६ महिला छन् । कोरोना संक्रमण भएमा स्वास्थ्कर्मीको सल्लाह बमोजिम सावधानीपूर्वक खानपिनमा ध्यान दिए सजिलै कोरोना जित्न सकिने चिकित्सकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *