लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आइतबार विज्ञप्ती प्रकाशित गरेर मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएका हुन् । प्रदेश प्रमुख यादवले पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजनीमा आइतबार नै स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पोखरेल नेतृत्वकै सरकारलाई कामचलाउ कार्यभार सम्हाल्ने विज्ञप्तिमा उल्लेख छ । वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वस प्रस्ताव ल्याएका थिए । सो प्रस्ताव र विपक्षीको निवेदनका आधारमा आज विशेष अधिवेशन बस्नुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *