बाँकेमा बुधबार २ सय ९३ ले जिते कोरोना

नेपालगन्ज : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा कोरोना जित्नेको संख्या पनि बढीरहेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बुधबार दुईसय ९३ जनाले कोरोना परास्त गरी डिस्चार्ज भएका छन । आज कोरोना जित्नेमा बैजनाथ ५ का ७६ बर्षिय पुरुषसहित १ सय ७० पुरुष र १ सय २३ महिला रहेका छन । कोरोना संक्रमण भएमा स्वास्थ्कर्मीको सल्लाह बमोजिम सावधानीपुर्वक खानपीनमा ध्यान दिए सजिलै कोरोना जित्न सकिने चिकित्सकहरुको भनाई छ ।

फोटो : कृष्णप्रसाद श्रेष्ठको फेसवुकवालवाट