नेपालगन्ज मेडिकल कलेजले भन्यो : ‘थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ छौ’

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजले हाल उपचार गराई रहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । कलेजको संचालक लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो ।
‘अस्पतालमा लिक्विड अक्सिजन ट्याँक, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरवाट विरामीको उपचार भईरहेको थियो’ प्रवन्ध संचालक शुरेस कुमार कनोडीयाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘तर सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याँक सकिएको र भारतवाट आउन नसकेकोले यस शिक्षण अस्पतालले हाल उपचार गराईरहेका बाहेक थप कोरोना विरामी भर्ना गर्न असमर्थ रहेको दुखःका साथ सार्वजनिक रुपमा सवैलाई जानकारी गराउन चाहन्छौ ।
सरकारले भारतवाट लिक्विड अक्सिजन ट्याँक यथासक्य उपलब्ध गराईदिए तुरुन्त तीनसय बेड संचालन गरी कोरोना बिरामी भर्ना थाल्ने अस्पतालले जनाएको छ । अक्सिजन आपुर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बैशाख १९ र २१ गते लिखित अनुरोध गरी अक्सिजन अभावमा ठुलो संकट आउने जानकारी गराईएको विज्ञप्ती उल्लेख गरिएको छ ।