बर्दिया र कैलालीका १/१ सहित थप १० संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप १० जनाको मृत्यु भएको छ ।

बिहिबार बेलुकी ५ बजे देखि शुक्रबार बिहान ६ः५० बजेसम्म मृत्यु हुनेमा बर्दिया र कैलालीका १/१ जना छन भने बाँकेको नेपालगन्जका ८ जना रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ७ को भेरी अस्पतालमा र ३ जनाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बिहिबार बेलुकी ५ बजे देखि शुक्रबार बिहान ६ः५० बजेसम्म १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१० का ६१ वर्षीय पुरुष, वडा नम्वर ६ का ३४ वर्षीय पुरुष, वडा नम्वर १८ की ५६ वर्षीया महिला, वडा नम्बर ३ का ५२ वर्षीय पुरुष, वडा नम्वर १२ की ६० वर्षीया महिला र नेपालगन्ज–६ का ५४ वर्षीय पुरुष रहेका छन । यस्तै कोहलपुर नगरपालिका–१० की २७ वर्षीया महिला को पनि कोरोना संक्रमणका कारण निधन भएको छ भने बर्दियाको बारबर्दिया नगरपालिका ६ का ४७ बर्षिय पुरुष र कैलालीको टीकापुर २ की ४८ बर्षिय महिलाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६९ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १ सय ३० जनाको मृत्यु भएको छ ।