बाँकेमा थपिए ७ सय ३१ संक्रमित

नेपालगन्ज :  बाँकेमा पछिल्लो २४ घण्टामा ७ सय ३१  कोरोना भाइरसका संक्रमित थपिएका छन ।

जिल्लाको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा १ हजार १८ जनाको परिक्षण गर्दा ७ सय ३१ नयाँ संक्रमित थपिएका हुन । ति मध्य २ सय २१ महिला र ३ सय ८३ पुरुष गरी ५ सय ४ संक्रमित बाँकेका मात्रै हुन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ४ सय ८० नमूना परिक्षण गर्दा ३ सय ४३ जनामा भाईरस संक्रमण पुष्टि भएको छ । त्यस्तै मेडिकल कलेज कोहलपुरको ल्यावमा २ सय २ को परिक्षण गर्दा १ सय ५८ र बागेश्वरी ल्याबमा ३ सय ३६ को परिक्षण गर्दा २ सय ३० संक्रमित थपिएका हुन । त्यस्तै आज ५१ महिला र ५८ पुरुष गरी १ सय ९ जना डिस्चार्ज भएका छन ।