३७ सय घुमन्तेलाई निषेधाज्ञामा कारबाही

मुरली गोडिया । गुलरिया
बर्दियामा निषेधाज्ञाका बेलामा अनावश्यक रुपमा घुमफिर गर्नेमाथि प्रहरीले कडाइ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार निषेधाज्ञाको ५ दिनको अवधिमा एक हजार एक सय २७ वटा साइकल, एक हजार एक सय ३७ वटा मोटरसाइकल, एक सय ८२ वटा अटोरिक्सा र ३ सय २० वटा चार पाङ्ग्रे सवारी साधनमा सवार ३७ सय भन्दा बढीलाई कारबाही गरिएको छ ।

२० वैशाखदेखि बर्दियामा अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई २ घन्टा होल्ड कारबाही थालिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले १३ वैशाखदेखि जिल्लामा लगाएको निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै क्रियाकलापमा रोक लगाएको छ । निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ ।