टीकापुर अस्पतालमा २४ घण्टामा कोरोनाबाट ५ को मृत्य, कूल मृतक पुगे १३ जना

मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर अस्पतालमा आइतबार थप एक जना संक्रमितको मृत्यु भएको छ ।

टीकापुर अस्पतालले आइतबार जारी गरेको विज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा टीकापुर नगरपालिकाकाका तीन जना र जानकी गाउँपालिकाका दुई जना पुरुषको मृत्यु भएको हो । टीकापुर-१ का ६०, ५० र ६२ वर्षका पुरुष छन् भने जानकी-२ का ५४ वर्षका र वडा नं. १ का ५१ वर्षीय पुरुषको ज्यान गएको छ । दोश्रो चरणको कोरोना फैलिएपछि हालसम्म टीकापुर अस्पतालमा १३ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *