बाँकेमा कारोनाबाट मृत्यु हुने २१४ पुगे

नेपालगन्ज : बाँके जिल्लामा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १४ पुगेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार अहिलेसम्म बाँकेका अस्पतालमा उपचार गराइरहेका मध्ये अहिलेसम्म बाँकेका २ सय १४ र बाहिरी जिल्लाका १ सय ६३ गरी ३ सय ७७ जनाले ज्यान गुुमाइसकेका छन् । बुधबार रातिदेखि बिहीबार बिहान ११ः२० बजेसम्म मात्र १० जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेहरु बाँकेका ७, दांगका २ र बर्दियाका एक जना रहेका छन् ।