बाँकेमा बिहिबार २३५ थपिए, ६२१ डिस्चार्ज

नेपालगन्ज : बाँकेमा बिहिबार २ सय ३५ जना संक्रमित थपिदा ६ सय २१ जना डिस्चार्ज भएका छन । थपिने भन्दा डिस्चार्ज हुनेको संख्या ३ सय ९३ ले बढी हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार बिहिबार कोहलपुर मेडिकल कलेजको ल्यावमा १ सय ७८ को परिक्षण गर्दा सय जना र बागेश्वरी ल्याबमा २ सय २७ को परिक्षण गर्दा १ सय ३५ गरी २ सय ३५ जनामा भाइरस संक्रमण भएको पाईएको हो । जसमध्य बाँकेका १ सय २९ जना रहेका छन । नेपालगन्जमा सबैभन्दा बढी पीसीआर परिक्षण गर्ने भेरी अस्पतालको ल्याव विग्रेका कारण रिपोर्ट नआएकोले संक्रमितको संख्या कम देखिएको हो ।
यस्तै आज २ सय ९१ महिला र ३३० पुरुष गरी ६२१ जना कोरोना परास्त गरी डिस्चार्ज भएका छन । आज ५ बजे यो समाचार तयार पार्दा सम्म १३ जनाले बाँकेका विभिन्न अस्पतालमा ज्यान गुमाएका छन । जसमध्य ९ जना बाँकेका हुन भने ५ जना अन्य जिल्लावाट उपचारका लागि बाँकेका अस्पतालमा आएकाहरु हुन ।