ब्राउन सुगरसहित २ युवक पक्राउ

टीकापुर : कैलालीको भजनी प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ ।

भजनी नगरपालिका ३ कुसुमघाटबाट बिहीबार २ बजेको समयमा टीकापुर नगरपालिका २ विजयनगर शिविर बस्ने वर्ष २३ तपेन्द्रबहादुर शाही र सोही स्थानका वर्ष २३ का सन्तोष माझीलाई अन्दाजी ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदले बताए । प्रहरी चौकी जनकपुरबाट प्रहरी सहायक निरीक्षक दीपकराज पन्तको नेतृत्वमा खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय भजनी पठाएको बताए ।