टीकापुर अस्पताललाई प्रहरीको ४० सिलिन्डर अक्सिजन सहयोग

मानबहादुर ठकुल्ला । टीकापुर
प्रहरीहरु सुरक्षामा कडाइ मात्र गर्दैनन् । मनकारी पनि हुन्छन् । परेको बेलामा गास कटाएर पनि सहयोग गर्छन् भन्ने उदाहरण कैलालीका आधा दर्जन प्रहरी कार्यालयले प्रस्तुत गरेका छन् ।
टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन नदिन इलाका प्रहरी कार्यालय टीकापुर, प्रहरी चौकी कालाकु्ण्डा, प्रहरी चौकी सत्ती, प्रहरी चौकी सुकलीपुर, प्रहरी चौकी अमरावती र अस्थायी प्रहरी पोष्ट दुर्गौलीमा कार्यरत प्रहरी कर्मचारीले स्वस्फूर्त रुपमा आफ्नैै तलबबाट ५२ हजार रुपैंया संकलन गरी ४० सिलिण्डर अक्सिजन सहयोग गरेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेलगायत प्रहरी कर्मचारीहरुले टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल र टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीको उपस्थितिमा टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर रावललाई बिहीबार सिलिण्डर हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमितको लागि अत्यावश्यक अक्सिजनको अभाव भइरहेको बेला विपदमा मल्हम लगाएको उनीहरुले बताएका छन् ।