नेपालगन्जमा ५० प्रतिशत अनुदानमा धानको बिउ

नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा किसानलाई अनुदानको धान हस्तान्तरण गर्दै । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले उन्नत जातको धानको बिउमा ५० प्रतिशत अनुदान दिन सुरु गरेको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणाले बिहीवारदेखि किसानलाई धानको बिउमा अनुदानमा दिने कार्यको शुभारम्भ गरेका हुन् । उपमहानगरले १५.७५ मेट्रिक टन धानको बिउ अनुदानमा किसानलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । एक जना किसानले कम्तीमा ३५ किलोको एक बोरी धानको बिउ पाउँछन् । राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।