अवधी पत्रकार संघलाई २१ हजार रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग

नेपालगन्ज : अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
नेपालगन्जको क्वालिटी केक एण्ड बेकरीका सञ्चालक सुरेश वर्माले शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र र जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १८ का अध्यक्ष दीपक वर्माले ३० सेट सर्जिकल मास्क र हैण्ड सेनीटाइजर सहयोग गरेका छन् । सक्रिय रुपमा कार्यरत अवधी भाषी पत्रकारहरुलाई संक्रमणको जोखिमबाट जोगाउन ती सामग्री वितरण गर्ने संघले जनाएको छ । कोरोना संक्रमित अवधी भाषी पत्रकारलाई संघले विशेषज्ञ चिकित्सकसहितको निशुल्क स्वास्थ्य सेवा, तथा स्वास्थ्य परामर्श सेवाको व्यवस्था गरेको छ ।

अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेपालगन्ज १८ का वडा अध्यक्ष दीपक वर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *