बाँकेमा थपिने भन्दा चार गुणा बढी डिस्चार्ज

नेपालगन्ज : बाँकेमा नयाँ संक्रमित थपिने भन्दा चार गुणा बढी डिस्चार्ज भएका छन । सोमबार कोरोना संक्रमित थपिनेको संख्या भन्दा निको हुनेको संख्या चार गुणा बढी देखिएको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सोमबार ४० जना नयाँ संक्रमित थपिँदा १ सय ६६ जना डिस्चार्ज भएका हुन् । कोरोना निको हुनेको संख्यामा सुधार आएसंगै थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढेको हो । आईतबार बाँकेमा १ सय १४ जना थपिएसंगै ४ सय ५२ जना डिस्चार्ज भएका थिए । शनिबार ९५ जना थपिदा २ सय तीनजना डिस्चार्ज भएका थिए ।
केहीदिन यता बाँकेमा संक्रमण दरका साथै मृत्युदर पनि निरन्तर रुपमा ओरालो लाग्दै गएको छ । आईतबार बाँकेका कुनैपनि संक्रमितको मृत्यु भएन भने सोमबार एकजनाको मात्र मृत्यु भएको छ । तथापी विभिन्न जिल्लावाट उपचारका लागि आएका विरामीहरुको भने बाँकेका अस्पतालमा मृत्यु भइरहेको छ । सोमबार उपचारका लागि नेपालगन्जका अस्पतालमा आएका विभिन्न जिल्लाका ६ जनाको मृत्यु भएको हो ।