बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

राजापुर : बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका-१ सरखोल खचकपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षिया छोरी दीपिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार सोमबार राति ९ बजेतिर आमाछोरीलाई आफ्नो घरमा बसी रहेको अवस्थामा निकुञ्जबाट आएका दुई वटा जंगली हात्तीले आक्रमण गरी सुडमा उठाएर घरबाट अन्दाजी ३० मिटर टाढा लगेर छोडेका थिए । हात्तीको आक्रमणबाट आमा चन्द्राको घटनास्थलमा ज्यान गएको हो भने गम्भीर घाइते दीपिकालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएकोमा मंगलबार बिहान १०ः४० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।