बाँकेमा बुधबार २२ जना थपिदा १२५ डिस्चार्ज

नेपालगन्ज : बाँकेमा बुधबार २२ जना कोरोना संक्रमित थपिदा १ सय २५ जना कोरोना परास्त गरी डिस्चार्ज भएका छन । जिल्लाका दुईवटा प्रयोगशालामा २ सय जनाको नमूना परिक्षण हुँदा ५१ जनामा कोरोना पुष्टि भएको थियो । ति मध्य २२ जना बाँकेका हुन भने २९ जना अन्य जिल्लाका हुन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधबार जिल्लामा २२ जना थपिदा ५८ महिला र ६७ पुरुष गरी १ सय २५ जना डिस्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा बाँकेका तीन जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लावाट उपचारका लागि आएका ४ जनाको बाँकेका अस्पतालमा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *