कैलालीको सत्तीमा अस्थायी ट्राफिक पोस्ट स्थापना

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको छ ।
ट्राफिक प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी नायव निरीक्षक लोकेन्द्रबहादुर चन्द टीकापुरका वडा न ६ ,७ ,८ ,९ मा र हुलाकी सडक खण्ड लगायत भन्सार भएर आवतजावत हुने सवारी साधन चेकजाँच का साथै दुर्घटना न्यूनिकरणमा सहज हुने बताउँछन् । ग्रामीण क्षेत्रमा ट्राफिक नियमको पालना नगरेर सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तिब्र गति, सवारी चलाउनले दुर्घटना हुने गरेकोमा ट्राफिक प्रहरी पोस्टबाट दुर्घटना न्यूनिकरण हुने टीकापुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष बलिराम चौधरी बताउँछन् । ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी हवल्दार योगेन्द्रबहादुर मल्लले बताए । ट्राफिक प्रहरी पोष्ट स्थापनापछि दुर्घटना न्यूनिकरणमा मद्दत मिल्नेमा सत्ती बजार व्यवस्थापन समितिका अध्यक्ष पहल बस्नेत पनि आशावादी छन् ।