बर्दियामा लागूऔषधसहित ३ जना पक्राउ

गुलरिया : बर्दियामा लागूऔषध चरेससहित तीन जना पक्राउ परेका छन् ।
बढैयाताल गाउँपालिका ३ भोलागौडीस्थित मान्झुण्डी सामुदायीक वन नजिकैबाट ६९४ ग्राम लागूऔषध चरेससहित शुक्रबार ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा बढैयाताल–८ शितला बजारका ४८ वर्षका बलबहादुर कामी, बाँकेको खजुरा गाउँपालिका–६ का २६ वर्षका कमल विश्वकर्मा र ३२ वर्षीय कालीबहादुर चदारा रहेका छन् ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको टोलीले सामुदायीक वन नजिकै शंकास्पद तरिकाले उभिएर कुरा गइरहेको अवस्थामा खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाइछिपाइ राखेको चरेस ६९४ ग्राम फेला परेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । पक्राउ परेका तीनै जना उपर लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ ।