राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीदेखि दलका नेताद्वारा भेरी अस्पतालको घटनाको निन्दा

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि बिहीबार राति भएको आक्रमणको घटनाको सर्वत्र निन्दा भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत दुख व्यक्त गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीविरुद्ध लडिरहेको जनशक्तिको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार दिउँसो बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छ । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक र नर्सहरूमाथि साङ्घातिक हमला गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । डीसीसीएमसीसहितको सर्वपक्षीय बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भेरी अस्पताल विकास समिति, चिकित्सक, नर्स, मानव अधिकारकर्मी सम्मिलिन ७ सदस्यीय छानबिन समिति गठन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको छ । त्यसैगरी अस्पतालभित्र सुरक्षा व्यवस्था थप सुदृढ गर्ने उल्लेख छ । निर्णय गरेपछि मात्र स्वास्थ्यकर्मीले तत्कालका लागि आन्दोलन स्थगित गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाका अभियुक्त मृतक रावतका छोरा लोकराज रावत, भाइहरु मानबहादुर रावत र भरतबहादुर रावतलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको छ । मृतकको शव भने अझै पनि भेरी अस्पतालको शव गृहमा छ । अभियुक्तहरुलाई साथैमा लिएर प्रहरीले अन्तिम संस्कारमा सहभागी गराउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *